
सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको अधिवेशन आजदेखि सूरु हुँदैछ । कांग्रेसको प्रदेश अधिवेशनबाट आगामी नेत्तृत्व चयन हुनेछ ।
प्रदेश सभापति पदका लागि संस्थापन पक्षबाट राजिवविक्रम शाह र ललितजंग शाहीले दाबी गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षकोबाट भुपेन्द्रजंग शाही र दिपकजंग शाहले सभापतिमा दाबी गरेका छन् । यद्यपी दुवै पक्षले सभापतिमा एक÷एक जना उम्मेदवार टुंगाउने प्रयास गरेका छन् ।
कर्णालीमा संस्थापन (देउवा) पक्ष बलियो रहेको छ ।

फरकबाटो १६ मंसिर २०७८, बिहीबार ०९:४९