आगामी निर्वाचनमा काँग्रेससंगै प्रतिस्प्रर्धा हुन्छ : शाही

सुर्खेत । आगामी निर्वाचनमा नेपाली काँग्रेससंगै प्रतिस्प्रर्धा हुने नेकपा एमाले सुर्खेतका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य ध्रुबकुमार शाहीले बताएका छन् । अन्य पार्टीसंग आँफुहरुलाई तुलना गर्न नमिल्ने भन्दै स्थानिय तह लगाएतका निर्वाचनमा नेपाली कांग्रेस नै एमालेको प्रतिस्प्रर्धी भएको उनले बताएका हुन् ।

शनिबार एमाले पार्टी कार्यालय सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अन्य पार्टीहरुको नगन्य रुपमा उपस्थिती रहने बताए । ‘बिगतमा पनि काँग्रेस नै हाम्रो प्रतिस्प्रर्धी थियो’ उनले भने “अब आगामी निर्वाचनमा पनि काँग्रेससंगै प्रतिस्प्रर्धा हुन्छ ।”

शाहीले नेकपा एमालेले संगठनलाई सुधार गर्दै प्रतिस्प्रर्धी पार्टीसंग निर्वाचनमा भिड्ने पुर्ण तयारीमा रहेको समेत सुनाए । निर्वाचनका लागि नेकपा एमाले जहिले पनि तयार भएको उनले बताए ।

नेकपा माओबादी पार्टी सकिएको भन्दै उनले नेकपा एमाले र माओबादी पार्टीको तुलना नहुने तर्क गरे ।