कोशीका मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन एमालेले फिर्ता नलिने

सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता नलिने र विश्वासको मत कायमै राख्ने निर्णय गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै एमालेले बजेट अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने, कर्णालीका भुकम्प पीडितलाई पारिश्रमिकमा कट्टा हुने गरि राहत सहयोग गर्नेलगायतको निर्णय गरेको छ ।

कोशीमा एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेका कार्की संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए।