सेनाको साइबर स्पेसमा अनधिकृत पहुँच पुर्‍याउने एक जना पक्राउ


सुर्खेत । नेपाली सेनाको साइबर स्पेसमा अनधिकृत पहुँच पुर्‍याएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० घर भई पोखरा बस्दै आएका २१ वर्षका सागर ढकाल रहेका प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

विभिन्न समयमा सेनाको साइबर स्पेसमा अनधिकृत हमला गरेको भन्दै सेनाले साइबर ब्युरोलाई यसबारे पत्राचार गरेको थियो । पक्राउ परेका ढकालविरुद्ध काठमाण्डौ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए ।