निर्वाचनका लागि पर्यवेक्षण संस्था आह्वान

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई आवेदन दिन आह्वान गरेको छ। आयोगले यसअघि पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरिसकेको छ ।

आयोगले आज जारी गरेको सूचनामा १५ दिनभित्र कागजातसहित सूचना प्रणालीबाट आवेदन दिन आह्वान गरेको हो।

यसअघिको निर्वाचनमा पर्यवेक्षणमा सहभागी संस्थाले सोको प्रतिवेदन नबुझाए पर्यवेक्षणमा भाग लिन नपाइने आयोगले जनाएको छ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि ८४ दलले दर्ताका लागि निवेदन दिएका छन्।