उपराष्ट्रपति निर्वाचन परिणाम साँझ ६ बजेभित्र सार्वजनिक गर्ने तयारी


सुर्खेत । । आज चलेको उपराष्ट्रपति पदको निर्वाचन को परिणाम आज साँझ ६ बजेभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान सुरु भइसकेको छ ।

बिहान १० बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ३ बजेसम्म चल्नेछ । आजै मत परिणाम सार्वजनिक गर्ने तयारी रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।