घुस लिँदै गर्दा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक पक्राउ


सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाण्डौको सिद्धिगणेश माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई घुससहित पक्राउ परेको छ ।

आयोगको टोलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीमा रहेको सिद्धिगणेश माविका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धिताललाई १६ हजार रुपैयाँ घुस लिँदै गर्दा आज मङ्गलवार पक्राउ गरेको हो ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार शिक्षक छनोटका क्रममा शिक्षकबाट घुस लिँदै गर्दा अध्यक्ष र प्रधानाध्यापकलाई गागलफेदी बसपार्कमा रहेको गोरखकाली मल्टिशपबाट पक्राउ गरिएको हो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले बताए ।