कर्णालीमा एकीकृत समाजवादीको प्रमुख सचेतकमा देवी ओली

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) दल कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद देवी ओली नियुक्ती भएकी छिन् ।

मंगलबार बसेको संसदीय दलको बैठकले उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो ।

यस्तै बैठकले मुख्यमन्त्री जीवनबहादुर शाहीलाई विश्वासको मत दिने निर्णय गरेको छ । मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बस्ने प्रदेशस सभाको बैठकमा उनले विश्वासको मत दिन लागेका हुन् ।