एमाले अध्यक्ष ओली र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ ।

????? (?????) ?? ??????? ???? ????? ?????? ?????? ????? ???????? ??????? ????????? ????????? ????? ??????? ??????? ??????? ???????? ??????? ?????????? ???????? ????? ????? ?????? ??? ????? ??? ? ?????? ?????? ? ??????? ????? ???????/????

ओलीलाई भेट्न जियानचाओ नेतृत्वको प्रतिनिधिमण्डल बिहान ओली निवास बालकोट पुगेको थियो । भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ । लिउले हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता भएको थियो । त्यसअघि उनले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेटेका थिए ।

भेटमा लिउले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्नेमा जोड दिएका छन् । लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नेछन् । गएको आइतबार नेपाल आउनुभएका लिउ भोलि स्वदेश फर्किन् छन् ।