भीम रावलसँग एमालेले निर्णायक वार्ता गर्ने, ३ सदस्यीय समिति गठन


सुर्खेत । नेकपा (एमाले)का असन्तुष्ट नेता भीम रावलसित निर्णायक वार्ता गर्न पार्टीभित्र समिति गठन गरिएको छ । शनिबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकबाट तीन सदस्यीय समिति बनाइएको हो ।

उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा नेताहरू लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति गठन गरिएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । समितिका नेताले रावलसित संवाद गरेपछि उनलाई आवश्यक जिम्मेवारी दिने निर्णय गरिएको गुरुङले बताए ।