पिपलबोट साकोसको २० औं साधारण सभा सम्पन्न

सुर्खेत । पिपलबोट साकोसको २० औं साधारण सभा सम्पन्न भएको छ । वीरेन्द्रनगरमा रहेको पिपलबोट बचत तथा ऋण सहकारी संस्थाको २०औँ बार्षिक साधारणसभा आज सम्पन्न भएको हो ।

सभामा संस्थाका अध्यक्ष बल बहादुर सार्कीले बार्षिक प्रगती प्रतिवेदन तथा प्रस्तवित निती कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तै संस्थाका कोषाध्यक्ष खेमराज रावतले आर्थिक प्रतिवेदन तथा आगामी बर्षको बजेट, डिल्लीराम लम्सालले आन्तरिक लेखापरिक्षण प्रतिवेदन ,मनिराम भण्डारीले ऋण उपसमितिको प्रगति प्रतिवेदन र मान बहादुर बसेलले शिक्षा उपसमितिको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन अनुसार संस्थाको कुल पूँजी २४ करोड पुगेको जनाइएको छ । २१ बर्ष अघि समाजसेवी नेत्र बहादुर कार्की सहितको २७ जनाले स्थापना गरेको पिपलबोट बचत तथा ऋण सहकारी २ हजार ७ सय रुपैयाँबाट सुरु गरेर हाल १८ करोड नघाएको संस्थाका कोषाध्यक्ष खेमराज रावतले जानकारी दिए ।

संस्थाको साधारण सभाबाट बिभिन्न बिद्यामा गरी २२ जना शेयर सदस्यहरु सम्मानित एवं पुरस्कृत भएका छन् ।

 

पिपलबोट बचत तथा ऋण सहकारी संस्था प्रोबेशन मापदण्ड भित्र रहेको र आफ्ना गतिविधि पनि सोही अनुसार गरिरहेको सचिव गणेशमान खनालले जानकारी दिए । । २७ जनाबाट सुरुवात गरेको पिपलबोट बचत तथा ऋण सहकारी संस्थाले बिसवर्षमा आइपुग्दा २ हजार ६ सय १८ सदस्य पुर्याएको छ ।

यस्तै संस्थाको आगामी वर्षका लागि करिव २४ करोडको वासलात रहनेगरी निति कार्यक्रम पारित समेत भएको छ ।

संस्थाका अध्यक्ष बल बहादुर सार्कीको अध्यक्षता तथा निवर्तमान कर्णाली प्रदेश सभा सदस्य यामलाल कंडेलको प्रमुख आतिथ्यतामा तथा बिरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकंण्ठ खनालको बिशेष आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।