ग्लोबल आइएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक


सुर्खेत । ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैंकहरुको सूचीको पहिलो नम्बरमा परेको छ । आर्थिक वर्ष २०७९र८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको हो ।

अर्थ मन्त्रालयका अनुसार ग्लोबल आइएमई बैंकले गत आवमा ५ अर्ब ४३ करोड रुपियाँ कर दाखिला गरेको छ । यो कर बैंकले वर्षभर विभिन्न शीर्षकमा तिरेको सबै करको योग हो ।

ग्लोबल आइएमई बैंकले गत आवमा ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशतले बढी हो ।

बैंकले अघिल्लो आव २०७८र७९ मा ३ अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो । २१ वटा बैँक तथा वित्तीय संस्था मिलेर बनेको ग्लोबल आइएमई बैंक चुक्ता पुँजीको आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक हो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल बैंकको सञ्चालक समितिको अध्यक्ष छन् भने बैंकको सीईओमा रत्नराज बज्रचार्य छन् ।