कोशी प्रदेशमा सरकार छाडने विषयमा माओवादी बैठक

सुर्खेत । कोशी प्रदेश सरकारबारे छलफल गर्न प्रदेशको सत्ता साझेदार नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको छ । केन्द्रको सत्ता गठबन्धन अनुसार माओवादीलाई प्रदेश सरकार छाड्न तीव्र दबाब छ। यसअघि नै जसपाले छाडिसकेको छ।

भने, माओवादीले प्रचण्ड भारत भ्रमणमा फर्किएपछि सरकारका विषयमा निर्णय गर्ने बताउँदै आएको छ । आजको बैठकमा यीनै विषयमा छलफल हुने जनाइएको छ । भखरै सम्पन्न सासंद बैठकले एमाले नेतृत्वमा रहेको सरकार छाड्ने निर्णय गर्ने सम्भावना रहेको अनुमान गरिएको छ ।

माओवादीले पनि सरकार छाडे हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा पर्नेछ। सभामुखसहित १३ सिट रहेको माओवादीले सरकार छाडे मुख्यमन्त्रीको साथमा एमाले ४० र राप्रपा ६ जना मात्रै बाँकी रहने छन्। प्रदेश सभामा बहुमत पुग्न ४७ मत आवश्यक पर्छ।