महाविर पुनसंग सरकारले गर्यो सात बुँदे सहमती

सुर्खेत । सरकारले धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनसँग ७ बुँदे सहमति गरेको छ। आविष्कारसम्बन्धी कार्य गर्न सरकारले कोष बनाउने र कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरूमा लगानी गर्ने सहमति भएको छ।

उपप्रधान, रक्षा तथा कानून मन्त्री पूर्णबहादुर खड्का र महावीर पुनबीच ७ बुँदे सहमति भएको हो।