नागरिकको पैदलयात्रा एकघण्टा भन्दा कम गर्न झोलुङ्गे पुलको नीति

सर्खुेत । कर्णाली प्रदेशका नागरिकहरुलाई अब एक घण्टा भन्दा बढी यात्रा गर्न नपर्ने भएको छ । कर्णाली प्रदेश सरकारले नागरिकहरुलाई एकघण्टा भन्दा बढी पैदल यात्रा गर्न नपर्ने गरि झोलुङ्गे पुलहरु निर्माण गर्ने नीति लिएको हो ।

उक्त नीति लिएपछि नागरिकहरुलाई सार्वजनिक सेवा लिन एकघण्टा भन्दा बढी यात्रा गर्न नपर्ने भएको हो । आगामी आर्थिक वर्षको लागि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उक्त कार्यक्रम समेटिएको हो ।

साथै कर्णालीमा सिंचाईको समस्या समाधानका लागि जनता सिंचाई कार्यक्रम, सरकारले भवन निर्माण गर्दा वर्षाको पानी संकलनका लागि पुर्नभरण कार्यक्रम, कर्णाली कृषी क्षेत्र सहयोग कार्यक्रम प्रणाली , महिला कृषी वन कार्यक्रम, कर्णाली

बृक्षारोपण कार्यक्रम घोषणा कार्यक्रम समेत गर्ने नीति सरकारले लिएको हो ।

आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि प्रदेश प्रमुख तिलक परियार सदनमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।