सत्ता गठबन्धन टुटाउने पक्षमा एमाले छैन : सचिव भट्टराई

सुर्खेत । सत्ता गठबन्धन टुटाउने पक्षमा एमाले नरहेको एमाले सचिव योगेश भट्टराईले बताएका छन् । पार्टीको मिसन ग्रासरुट अभियानका क्रममा दैलेखमा पुगेका कर्णाली प्रदेश संयोजकसमेत रहेका एमाले सचिव भट्टराईले मङ्गलवार प्रेस चौतारी दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन ।

मंसिर ४ को निर्वाचन पश्चात गएको पुस १० गते सत्ता पठबन्दनमा संलग्न दलहरुको बैठकमा भएको सहमति अनुसार सभामुख र राष्ट्रपति एमालेको भागमा परेको र त्यसै अनुसार अगाडी बढ्ने बताए ।

ुकाँग्रेसले प्रचण्डलाई सडकमा फालेपछि उहाँ आफै बालकोट पुगेर सहमति गरेको हो हामी अस्थिर राजनीतिको पक्षमा छैनौ र यसले कसैलाई फाइदा हुँदैनु उनले भने, राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धन बाहिर गएर राष्ट्रपति बनाउने कुरामा प्रधानमन्त्री ज्युले जुन कुरा बोली रहनुभएको छ यसले उहाँमा त्यो स्थिर देखिन् । यदि गठबन्धन तोड्ने काम भयो भने उनलाई कसैले विश्वास गर्दैन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल नै राष्ट्रपतिको उम्मेदवार बनाउने कुरा मिडियामा आएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले माधव नेपाल कम्युनिस्ट पार्टीको नेता,प्रधानमन्त्री भइसक्नुभएको, राष्ट्रपति हुन योग्य व्यक्ति हुनुहुन्छ उहाँलाई अगाडी सार्नुमा कुनै समस्या नभएको बताए । उनले भने यदि राष्ट्रिय सहमतिमा राष्ट्रपति निर्वाचन गर्ने भने नेपाली काँग्रेसले समेत उहाँलाई मतदान गर्नुपर्दछ ।

राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुन सकेन भने नेकपा एमालेले विगतमा भएको सहमतिका आधारमा राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धन बाटै बन्ने कुरामा दुबिधा नरहेको बताए । नेकपा एमालेलाई मुलकको पहिलो पार्टी स्थापीत गरी संसदमा समेत एमालेको बहुमत प्राप्त गर्न मिसन ग्रासरुट अभियान संञ्चालन समेत गरेको बताए ।