डाँडास्कुलले प्राप्त गर्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि


सुर्खेत । राष्ट्रपति रनिङ शिल्डको उपाधि नेपाल राष्ट्रिय माध्यामिक विद्यालय वीरेन्द्रनगर ६ डाँडास्कुलले प्राप्त गरेको छ । १४ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगरले जितेको हो ।

लेकवेशी नगरपालिका वडा नम्बर ४ जीवन ज्योति मावि दशरथपुरमा मंगलवार सम्पन्न नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगरले १८ स्वर्ण, ४ रजक र ७ कास्य गरी २९ पदक प्राप्त गरी १४ औ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि हात पारेको हो ।

यो सँगै उक्त विद्यालयले लगातार तीन वर्ष उपाधि जितेको छ । यस्तै ९ स्वर्ण, ५ रजक र ८ कास्य गरी २२ पदक प्राप्त गरी हर्मन माईनर एसओएस वीरेन्द्रनगर दोस्रो, ५ स्वर्ण १ रजक र १ कास्य गरी ७ पदक प्राप्त गरी भेरी मावि बराहताल तेस्रो भएको छ । यस्तै २ कास्य र २ रजक गरी ३ पदक प्राप्त गरी भैरव मावि वीरेन्द्रनगर, जनज्योति मावि वड्डीचौर र साहारे मावि गुर्भाकोट चौथो भएको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय वीरेन्द्रनगर ६ डाँडास्कुलका प्रध्यापक गणेश न्यौपानेले जानकारी दिए  ।

प्रथम पुरस्कार नेरामाविलाई कप, मेडल प्रमाण पत्र र १२ हजार नगद रुपैयाँ, दोस्रो हर्मन माईनर एसओएस वीरेन्द्रनगरलाई कप, मेडल प्रमाण पत्र र ८ हजार नगद रुपैयाँ, तेस्रो भेरी मावि बराहताललाई कप, मेडल, प्रमाण र ५ हजार रुपैया प्रदान गरीएको छ ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको समापन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाईले गरेका छन् ।