
सुर्खेत । सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भागवण्डा गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
बुधबार विहान ३ बजे जरायो मारेर भाग लगाइरहेको गोप्य सूचनाका आधारमा पाँच जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर–१० का ५२ वर्षीय डम्मरबहादुर थारु, उनका छोरा अन्दाजी २१ वर्षीय सुशील चौधरी, २८ वर्षीय आशाराम चौधरी र वीरेन्द्रनगर-११ का ४१ वर्षीय मिनबहादुर वली रहेको जील्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही हुने जिल्ला वन कर्यालय सुर्खेतले जनाएको छ । अन्यको खोजी भईरहेको प्रहरीले जनाएको छ । ।

फरकबाटो २७ असार २०८०, बुधबार १४:२८