विमान दुर्घटनाको शोकमा भोलि यति एअरलाइन्सका सबै उडान रद्द

सुर्खेत । यति एअरलाइन्सले भोलि सोमवारका लागि निर्धारित सबै उडान रद्द गरेको छ । आज आइतवार भएको विमान दुर्घटनाको शोकमा भोलिको उडान रद्द गरिएको एअरलाइन्सले सूचना निकालेर जानकारी दिएको छ ।

आपत्कालीन र उद्धारका उडानहरू भने हुने एअरलाइन्सले जनाएको छ । ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो ।