विश्वकप छनोटका लागि सन्दीपको कप्तानीमा टोली घोषणा

काठमाडौं । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ  । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार १६ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो ।

जितेन्द्र मुखियाले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । विनोद भण्डारी, सोमपाल कामी टिमबाट बाहिरिएका छन् । विश्वकप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुदैछ ।

छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्याण्ड र जर्मनी रहेका छन् । यस समूहबाट शीर्ष दुई टोली यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुनेछन् ।

नेपाली टिम – 

सन्दीप लामिछाने (कप्तान)

कुशल भुर्तेल

ज्ञानेन्द्र मल्ल

दिपेन्द्र सिंह ऐरी

शरद भेषवाकर

करण केसी

आरिफ शेख

कुशल मल्ल

आसिफ शेख

कमल सिंह ऐरी

शाहब आलम

अविनाश बोहरा

प्रदिप ऐरी

जितेन्द्र कुमार मुखिया

विवेक यादव

लोकेश बम