विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा, महासचिवमा रञ्जु दर्शना

सुर्खेत । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा सर्वसम्मत चयन भएकी छन् । शुक्रवार तथा शनिवार दुई दिन भएको महाधिवेशनले पार्टीको अध्यक्षमा बाँस्कोटालाई चयन गरेको हो ।

यसैगरी उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र बिमला अधिकारी पनि सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै महासचिवमा रञ्जु दर्शना, सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल पनि सर्वसम्मत चयन भएका हुन् ।