अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा


सुर्खेत । ट्रकले ठक्कर दिएर पैदल यात्रीको ज्यान गएपछि मृतकका आफन्तको अवरोधका कारण बन्द कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । क्षतिपूर्ति दिने सहमति भएपछि यातायात सञ्चालनमा आएको हो ।

कालीकोटबाट सुर्खेतका लागि छुटेको भे १ ख ३५१८ नम्बरको ट्रकले गएराति कर्णाली राजमार्गको जाक्सी नजिक ठक्कर दिँदा दैलेखको आठबीस नगरपालिका–३ जाक्सीका ४५ वर्षीय तिलबहादुर माझीको घटनास्थलमै ज्यान गएको थियो ।

ठक्कर दिएर पैदल यात्रीको ज्यान गएपछि भाग्दै गरेको ट्रकलाई २ किलोमीटर टाढा रोकेपछि चालक फरार भएका थिए । चालकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपकसिंह विष्टले बताएका छन् ।