बाग्मतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त


सुर्खेत । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त भएका छन् ।

नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेश गरेका लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एक सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेश प्रमुख शर्माले बहुमतको सरकार गठनका लागि अस्ति आइतवार आह्वान गरेका थिए । लामा नुवाकोटको प्रदेश सभाबाट निर्वाचित हुन् ।

बाग्मतीमा यसअघि एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्कट्टेल मुख्यमन्त्री रहेकोमा एमाले र कांग्रेस मिलेपछि उनले राजीनामा दिएका हुन् ।