
सुर्खेत । वीरेन्द्रनगर नगरपालिको हरित शहर निर्माण योजना कार्यान्वयनका लागि स्वयम्सेवक परिचालन गरिएको छ । अन्तर्रनिर्भर समाज सुर्खेतले नगरमा रोपिएका सातहजार विरुवाको रेखदेखका लागि ४० जना स्वयम्सेवक परिचालन गरेको हो ।
रत्नराजमार्ग लगाएत वीरेन्द्रनगर नगरपालिका वडा नं ४, ५, ६,७, ८, ९,१० र ११ मा रोपिएका विरुवाहरु गोडमेल र मलजलको एकहप्ते अभियान सुरु गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिका र युएन्डिपीको आर्थिक सहयोगमा अन्तर्रनिर्भर समाज सुर्खेतले वीरेन्द्रनगरमा हरित पुर्नउत्थान कार्यक्रम लागु गरेको छ । उक्त अभियान अन्तर्रगत सरसफलाई अभियानकर्तालाई बोटविरुवा संरक्षणका लागि एकहप्ता सम्म परिचालन गरिएको हो । बिहिबारदेखी सुरुभएको यो अभियान आगामी बुधबार सकिनेछ ।
अन्तरनिर्भर समाज सुर्खेतका कार्यकारी व्यवस्थापक विवेककुमार शाहीले नगरका विभिन्न क्षेत्रमा रोपिएका विरुवाहरु मरेको खण्डमा रातो रिबन लगाउने र अर्कोपटक उक्त स्थानमा नयाँ विरुवा समेत रोम्ने कार्यक्रम रहेको जानकारी दिए ।
बिरुवालाई गोडमेल र मलपानी समेत यहि अभियानका क्रममा स्वयम्सेवकहरुले गर्ने उनले बताए । ‘विरुवा रोप्नुमात्रै ठुलो कुरा होइन’ उनले भने “विरुवा जोगाउनु महत्वपुर्ण कुरा हो ।” नगरमा विभिन्न समयमा रोपिएका विरुवाहरु जोगाउनेकुरामा अन्तर्रनिर्भर समाजले स्वयम्सेवक परिचालन गरेको उनले सुनाए ।
छ महिनाका लागि नियुक्त गरिएका सरसफाई अभियानकर्ताहरुले नगरको फोहोर मात्रै नटिपि बोटविरुवा संरक्षणमा समेत योगदान दिएको शाहीले बताए । यसका अवला स्वयम्सेवकहरुले नगरका सार्वजनिक स्थलहरुको फोहोर व्यवस्थापनमा निरन्तर काम गरिरहेका छन् ।
४० जना स्वयमसेवकहरुलाई नगरका विभिन्न स्थानमा खटाइएको शाहीले जानकारी दिए ।

फरकबाटो १४ माघ २०७८, शुक्रबार २०:१८