सुर्खेत । सुर्खेतमा लागुऔषध सहित पाँचजना पक्राउ परेका छन् । शुक्रबार र शनिबार गरि वीरेन्द्रनगरका विभिन्न ठाउँबाट पाँचजनालाई पक्राउ गरिएको हो ।
शुक्रबार वीरेन्द्रनगर १० बसपार्कबाट वीरेन्द्रनगर १० का २२ वषीर्य रहिस कबडियालाई १ ग्राम ७३० मिलिग्राम आगुऔषधजस्तो देखिने धुलो पदार्थ र नगद दुईलाख बाईसहजार आठसय पैसठ्ठी रुपैयाँ सहित पक्राउ गरिएको हो ।
त्यस्तै वीरेन्द्रनगर ७ का २९ वर्षीय प्रेम दमाई र सोही स्थानका २७ वर्षीय सुनिल थापाबाट १ सय १० मिलिग्राम लागुऔषध जस्तो देखिने धुलो पदार्थ र नगद एकलाख एकहजार रुपैयाँ समेत बरामद गरि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
यस्तै शनिबार वीरेन्द्रनगर ७ बस्ने जुम्ला घर भएका २९ वर्षीय लोकेन्द्र शाही र जुम्ला घर भएका वीरेन्द्रनगर १२ बस्ने ४८ वर्षीय नरबहादुर सिंहलाई समेत १ सय ५० ग्राम चरेश जस्तो देखिने कालो पदार्थ र नगद दुईहजार आठसय सहित फेला पारी नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएको छ । उनीहरु पाँचैजनालाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएस्पी सुरज कार्कीले जानकारी दिए ।
फरकबाटो २१ माघ २०७९, शनिबार १८:२३