म्यादी प्रहरीमा भर्ना हुन २ लाख ३२ हजार दरखास्त

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षामा म्यादी प्रहरीमा भर्ना हुन २ लाख ३२ हजार ८८ दरखास्त परेको छ । देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न निवेदन दिएका छन् । प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ सम्म दरखास्त संकलन गरेको थियो । दरखास्त दिनेहरु मध्येबाट १ लाख १५ हजार म्यादी प्रहरी छनोट हुन्छन् ।

kf]v/f, !@ j}zfv . :yfgLo txsf] lgjf{rgsf] nflu kf]v/fsf] lgjf{rg clws[tsf] sfof{no kl/;/df ;’/Iff lbFb} DofbL k|x/L . t:jL/ M /flwsf sF8]n, /f;;

म्यादी प्रहरीमा भर्ना हुन १ लाख ७१ हजार ७१८ जना पुरुष र ६० हजार ३७० जना महिलाले आवेदन दिएका छन् । असोज ९ बाट म्यादी प्रहरीको छनोट शुरु हुन्छ । काठमाडौं उपत्यकामा ९ हजार ७१ जनाले दरखास्त दिएका छन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मधेश प्रदेशमा सबैभन्दा धेरै आवेदन परेको छ । मधेश प्रदेशमा ६६ हजार ८८४ आवेदन संकलन भएको छ । खटिने म्यादी प्रहरीले ४० दिन सरकारी सेवा गर्नेछन् । सो अवधिमा उनीहरुले तलव र रासन बापत ४१ हजार ९६० रुपैयाँ पाउँछन् ।

म्यादी प्रहरीले गाडी भाडा बापत १ हजार रुपैयाँ भत्ता स्वरुप पाउँछन् । निर्वाचन क्षेत्रमा आउन र जाने खर्चका लागि अर्थ मन्त्रालयले १ हजार भत्ता दिने निर्णय गरेको छ । तलब बापत म्यादी प्रहरीले ४० दिनमा ३४ हजार ७६० रुपैयाँ पाउँछन् । हिमाली जिल्लामा रासन सुविधा त्यहीँको दररेट अनुसार पाउनेछन् । रासन बापत एकमुष्ट ७ हजार २ सय रुपैयाँ उपलब्ध गराउन अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । कपडा किन्न म्यादी प्रहरीले ६ हजार रुपैयाँ पाउँछन् । म्यादीले ६ हजार भित्रबाट दुई जोर डांग्री, जुत्ता, दुई जोर मोजा, टोपी र सिट्टी कर्ड किन्नुपर्छ ।