थप ४ सय ५५ जनामा काेराेना पुष्टि, २ जना सङ्क्रमितकाे ज्यान गयाे

काठमाण्डाै । पछिल्लो २४ घण्टामा चार सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार आठ सय २९ जनाको नमुना परीक्षण गर्दा चार सय ५५ जनामा सङ्क्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा तीन सय दुई जना काेराेना सङ्क्रमित निकाे भएका छन् । नेपालमा अहिले पाँच हजार चार सय ३५ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएको छ ।

यसैबीच थप १३ हजार तीन सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।