पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजेल÷मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।
अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल÷मटितेल १२२ रुपैयाँ पुगेको छ । घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ ।

आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गर्ने निर्णय गरिएको निगमले जनाएको छ ।