
सुर्खेत । कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । गोदावरी नगरपालिका–१२ रातापानी सामुदायिक वनमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टरका सहचालक पुनर्वास नगरपालिका–१० का ४० वर्षीय मनीराम चौधरीको ज्यान गएको हो ।
से १ त ६१९३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा त्यसको इन्जिनमुनि च्यापिएका चौधरीको उद्धारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । दुर्घटनामा चालक पुनर्वास नगरपालिका–१० का ४१ वर्षीय सत्तु राना घाइते भएका छन् ।
घाइतेको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फरकबाटो ६ माघ २०७९, शुक्रबार २०:०८