कर्णाली प्रदेश सभाका ४ वर्ष : ३६ वटा विधेयक पारित

सुर्खेत । कर्णाली प्रदेशसभा स्थापना भएको चार वर्ष पुगेको छ । प्रदेशसभाले यस अवधिमा ३६ वटा विधेयक पारित गरेको छ । प्रदेश सभा सचिवालयका सचिव जिवराज बुढाथोकीका अनुसार  प्रदेश सभामा दर्ता भएका ५७ वटा विधेयक मध्य ३६ वटा विधेयक पारित भएका हुन् । प्रदेश सभाबाट पारित भएका ३६ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणिकरण भइसकेका छन् ।

प्रदेश सभा स्थापना भएको पहिलो वर्षमा नै प्रदेशको नाम कणाली’ र राजधानी ‘वीरेन्द्रनगर’ राख्न सफल भएको थियो । मिनिसंसदको रुपमा क्रियाशील रहेका समितिहरुले पनि सरकारलाई निर्देशन तथा खबरदारी गर्ने, विधेयकलाई परिपक्क गराउन छलफल गर्ने गरिरहेका छन् । कर्णाली प्रदेश सभामा हाल ३५ जना प्रदेशसभा सदस्य छन् ।

आज स्थापना दिवसको अवसरमा प्रदेश सभा सचिवालयले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।