आगलागीबाट घाइते भएका राउटे युवाको मृत्यु


सुर्खेत । पोलिएर घाइते भएका ३८ वर्षीय राउटे नारायण शाहीको अस्पतालबाट फर्काइँदै गर्दा बिहीवार चितवनमा मृत्यु भएको छ ।

युवा पुस १९ गते पोलिएर घाइते भएका राउटे युवाको ज्यान गएको राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।

नारायण नगरपालिका–८ सालेतडामा बस्दै आएका ३८ वर्षीय नारायण शाही अगेनाको आगोले ओछ्यानमा ओढिरहेको कम्बल पोलिएर घाइते भएका थिए ।

उनलाई दैलेख र सुर्खेतमा भएको प्रारम्भिक उपचारले निको नभएपछि काठमाण्डौको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो ।

१२ दिनसम्म राखेर सुधार नभएपछि ट्रमा सेन्टरले घर लैजान भनेको थियो । अस्पतालबाट निकालेर एम्बुलेन्सबाट दैलेख ल्याउँदै गर्दा बाटोमै चितवन पुग्दा उनको मृत्यु भएको हो ।