कांग्रेसबाट न्यौपानेद्वारा सभामुखमा उम्मेदवारी, प्रस्तावकमा विश्वप्रकाश शर्मा


सुर्खेत । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेदवारी दिएकी छन् ।

आज बुधवार नयाँ बानेश्वरमा रहेको संसद् भवनमा पुगेर सांसद न्यौपानेले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नकेपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहेका छन् ।

न्यौपानलेलाई माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ ।

यसअघि आजै सत्तारूढ दलको साझा उम्मेदवारका रूपमा नेकपा एमालेका सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराएका थिए ।