खाँडाचक्र नगरपालिका –१ मा २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई १० हजार रुपैयाँ दिइने

सुर्खेत । कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई १० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ ।

बालविवाहविरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीको वडालाई बालविवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णयले केही हदसम्म कम गर्ने बताएका हुन् । बालविवाह गर्ने चलन निकै रहेको ठाउँमा वडाले पुरुस्कार दिँदा न्यूनीकरण हुन्छ भन्ने उद्देश्य राखेको उनले बताए । उमेर नपुगी विवाह गर्ने चलन अन्त्य गर्नका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी रहेको उनले तर्क गरे ।

दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई १० हजार रुपैयाँ नगद दिने निर्णय वडाले गरेको वडाध्यक्ष धर्मराज ताम्राकारले जानकारी दिए । आँफुहरुले उमेर पुगेर विवाह गर्ने किशोरीलाई पुरस्कार दिने निर्णय गरेका र यसले बालविवाह न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको उने सुनाए ।