कर्णालीमा उप-सभामुख पदकालागि निर्वाचन भोलि


सुर्खेत । कर्णाली प्रदेशमा उप-सभामुखको लागि भोलि निर्वाचन हुने भएको छ । भोलि दिउँसो १ बजेका लागि उप-सभामुखको निर्वाचनका लागि समय तोकिएको हो ।

आज सभामुखले सुचना प्रकाशन गरि उप-सभामुखको निर्वाचनका लागि मिति र समय तोकेको कर्णाली प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।