काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ दलको स्थानीय तहको निर्वाचन टार्ने प्रयास असफल भएको बताएका छन् ।
सत्तारुढ गठबन्धन निर्वाचन गराउन तयार भएपछि एमाले महासचिव पोखरेलले जनमतको तागतले सरकार निर्वाचन गर्न तयार भएको बताएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाखमै निर्वाचन गर्नुपर्ने दबाब दिँदै आए पनि सरकारले निर्वाचनको मिति तोक्न आलटाल गर्दै आएको थियो ।
सत्ता गठबन्धनको शनिबार भएको बैठकले जेठ मसान्तभित्रै स्थानीय तहको निर्वाचन गर्ने तयार भएको थियो ।
फरकबाटो १५ माघ २०७८, शनिबार २१:३१