पल शाहले तनहुँ जिल्ला अदालतबाट सफाइ पाए


सुर्खेत । बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।

आज मङ्गलवार न्यायाधीश कोमप्रसाद आचार्यको एकल इजलासले बलात्कारको आरोपमा दाबी नपुगको भन्दै शाहलाई सफाइ दिएको हो ।

जिल्ला अदालत तनहुँबाट सफाइ पाए पनि शाह तत्काल रिहा भने हुने छैनन् । उनीमाथि जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष छ महिना कैद र १० लाख रुपैयाँ क्षतिपूर्तिबापत जरिबाना तोकेको छ । त्यो सजाय काटेपछि मात्र उनी रिहा हुनेछन् । नवलपुर अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिइसकेका छन् ।

गत फागुन ११ गते बालिकाका बुबाले पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकोमा पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।