
सुर्खेत । आज देशका विभिन्न पहाडी क्षेत्रहरुमा मौसम बदलीको सम्भावना रहेको छ । बिहान मधेस र प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली हुनेछ ।
दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति बागमती, मधेस लगायत लुम्बिनी, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको आँकलन गरिएको छ ।
सोमबार प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ भने राति प्रदेश १ का पहाडी र लुम्बिनीका एकदुई स्थानमा आंशिक बदलीको सम्भावना छ ।

फरकबाटो १८ मंसिर २०७९, आईतवार ०८:४१