वर्गिकरण सहितको किसान परिचयपत्र अभ्यासको लागि लेकवेशी र राष्ट्रिय कृषक समूह महासंघबिच सम्झौता


सुर्खेत । वर्गिकरण सहितको किसान परिचयपत्र अभ्यासको लागि लेकवेशी नगरपालिका र राष्ट्रिय कृषक समुह महासंघबिच सम्झौता भएको छ ।

कृषि पेशाको संरक्षण र किसानको जीवनस्तरको प्रवद्र्धनको ब्यवस्था मिलाउन स्थानीय सरकारसंगको सहकार्यमा लेकवेशी नगरपालिका,सुर्खेतभित्रका सबै घरधुरीको तथ्यांक संकलन, ब्यवस्थितीकरण गर्दै किसान पहिचान र वर्गिकरण सहितको

परिचयपत्रको अभ्यासको लागि लेकवेशी नगरपालिका र राष्ट्रिय कृषक समूहमहासंघ, नेपालविच संझौता सम्पन्नभएको हो ।
भिएसो नेपालको श्रोत साझेदारीमा महासंघले यस अभ्यासमा प्रकृया सहजिकरण गर्ने छ ।

नेपालको संविधान २०७२ बमोजिम खाद्य संप्रमुताको हकको संरक्षण गर्दै राज्यले अगिंकार गरेको कृषि नीतिमा उल्लेखित किसानको हकहित संरक्षणसम्बर्धन गर्दै किसानको पहिचान, वर्गिकरण गरी त्यसको आधारमा किसानलाई किसान परिचयपत्र उपलब्ध गराउने यसको उदेश्य रहेको छ ।

साथै नगरपालिकाबाट उपलब्ध गराईने कृषिसंग सम्बन्धित सेवा सुविधालाई किसान परिचयपत्रको आधारमा ब्यवस्थित तरीकाले प्राथमिकताको आधारमावितरण गर्ने उदेश्यले लेकवेशी नगरपालिकाले किसान परिचयपत्र वितरण अभ्यास शुरु गरेको हो । यसकालागि लेकवेशी नगरपालिकाको नगरसभाले स्थानीय कृषि ऐन, २०७८ पास गरेको लेकवेशी नगरपालिकाका प्रमुख उमेश कुमार पौडेलले बताए ।

राष्ट्रिय कृषक महासंघ कर्णालीका अध्यक्ष सन्तबहादुर केसीले किसानको वर्गिकरण भएमात्रै किसानहरुको सहि मुल्याँकन हुने र अवसर प्राप्त गर्ने कुरामा विभेद नहुने बताए । स्थानिय तहहरुको सहकार्य भए अन्य स्थानिय तहहरुमा समेत कार्यक्रम लागु गर्ने उनले बताए ।