बेलुन फुलाउने सिलिन्डर विस्फोट हुँदा एक जनाको ज्यान गयो

सुर्खेत । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ९ कपिलधाममा आयोजित थारु समुदायको मेलामा बेलुन फुलाउने सिलिन्डर विस्फोट हुँदा एक जनाको ज्यान गएको छ ।

सिलिन्डर विस्फोट हुँदा बेलुन बिक्रेता वाणगंगा ८ का ६५ वर्षीय नासिर मोहम्मदको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपक बाबु केसीले बताए । थारु मेला स्थानीय थारु कल्याणकारी सभाले आयोजना गरेको थियो ।