कर्णाली प्रदेशको उप-सभामुखमा दैलेखकी शाही र कालिकोटकी न्यौपानेको उम्मेदवारी


सुर्खेत । कर्णाली प्रदेशको उपसभामुख पदमा दैलेखबाट निर्वाचित इन्द्राकुमारी शाही र कालिकोटबाट निर्वाचित यशोदा न्यौपानेको उम्मेदवारी परेको छ । संसद सचिवालका अनुसार नेपाली काँग्रेसबाट निर्वाचित शाही र नेकपा माओबादी केन्द्रबाट निर्वाचित न्यौपानेले उपसभामुख पदका लागि उम्मेदवारी दिएका हुन् ।

नेपाली काँग्रेसकी उम्मेदवार शाहीको प्रस्तावकमा जीवनबहादुर शाही र समर्थकमा जानकी सिंह रहेका छन् । यता नेकपा माओबादी केन्द्रबाट उम्मेदवार बनेकी न्यौपानेको प्रस्तावकमा नेकपा माओबादीबाटै निर्वाचित कृष्णबहादुर जिसी र समर्थकमा नेकपा एमालेबाट निर्वाचित विनोदकुमार शाह रहेका छन् ।

आज हुने निर्वाचनमा कालिकोटबाट निर्वाचिन यशोदा न्यौपाने नै निर्वाचित हुने निश्चित रहेको छ । सत्ता गठबन्धनको साथ पाएकी न्यौपानेको पक्षमा २४ मत रहेको छ भने नेपाली कांग्रेस तथा नेकपा समाजबादी गरेर १५ मत मात्रै रहेको छ । जसमा एकजना स्वतन्त्र सांसदले निर्वाचनमा भाग लिने वा नलिने भन्ने कुराको टुङ्गो छैन ।