टी–२० वरीयतामा नेपाल एक स्थान तल झ¥यो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को पछिल्लो टी–२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सोमबार अपडेट गरेको वरीयता अनुसार नेपाल १३औं स्थानमा झरेको हो । यसअघि नेपाल १२औं स्थानमा थियो ।

ओमानमा सोमबार सम्पन्न चारदेशीय टी–२० मा तीन खेलमध्ये एक खेल मात्र जितेको नेपालको वरीयता खस्किएको हो ।