कोरोना संक्रमणको दर घट्दै

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणको दर घट्दै गएको छ । कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसँगै संक्रमण दर बढेको थियो । अहिले बिस्तारै कम हुँदै गएको हो । शनिबार नेपालमा थप १७१४ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरि नौ हजार १२४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ४७७१ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप ९ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालः ५२ हजार ७८० सक्रिय संक्रमित रहेका छन् ।