नेपालमा ३० प्रतिशत मात्रै खेतीयोग्य जमिनमा सिँचाइ

काठमाडौं । नेपालमा ३० प्रतिशत मात्रै खेतीयोग्य जमिनमा सिँचाइ पुगेको नेपाल कृषि अनुसन्धान परिषदले जनाएको छ ।

नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो ।

सिँचित जमिन कम भएकाले पनि खाद्यन्नहरुको उत्पादन गर्न सहज अवस्था नरहेको परिषदका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बताए । उनले नेपालमा धान, गहुँ र मकैको उत्पादन बढाउन सिँचाइ, मल र प्रविधिको उचित व्यवस्था गर्न ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे ।

परिषदले हालसम्म ८० वटा वस्तुबालीका सात सय २३ जातहरु विकास गरी कृषकको खेतवारीमा पुगेको पनि जनाएको छ ।