
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही ज्ञानेन्द्रलाई प्रमुख सचेतक बनाएको छ ।
पार्टी संसदीय दलको विधान बमोजिम अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतकमा मनोनित गरेका हुन् । शाही जुम्लाबाट निर्वाचित सांसद हुन् । उनले माओवादीकी गोमा गौतम कुँवरलाई १० हजारभन्दा बढी मतले हराई निर्वाचित भएका हुन् ।


फरकबाटो ४ माघ २०७९, बुधबार १२:५८