नेपाली कांग्रेसका नेता पौडेल माधवकुमार नेपाललाई भेट्न समाजबादी पार्टी कार्यालय

सुर्खेत । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न समाजबादीको पार्टी कार्यालय पुगेका छन् । शनिबार नेता नेपाललाई भेट्न पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका हुन् ।

कांग्रेस नेताहरुले राष्ट्रपति चुनावलाई लक्षित गर्दै राजनीतिक भेटघाट बढाएका छन् । राष्ट्रपति चुनावलाई लक्षित गरेर प्रधामन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएको पनि नेताहरुले खुलाएका छन् । एकीकृत समाजवादीसँग पनि प्रतिनिधिसभाको सभामुख र राष्ट्रपति निर्वाचनको विषयमा नेता पौडेलले छलफल गरेको हुन सक्ने नेताहरुले बताएका छन् ।