राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा ३ सिटका लागि ६ जनाको उम्मेदवारी

सुर्खेत । राष्ट्रिय सभा सदस्यका लागि कर्णालीमा तीन सिटका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ । तीन दलीय गठबन्धन र एमालेले  मंगलबार राष्ट्रिय सभा सदस्यका लागि ३\३ जनाको उम्मेदवारी दर्ता दर्ता गरेका हुन् ।

कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजबादी) पार्टीले गठबन्धन गराएका छन् ।

यही माघ १२ गते हुने चुनावका लागि एमालेबाट सुर्खेतका चुडामणी शर्मा (खुला), जुम्लाकी गंगा महत(महिला) र दैलेखका पदमबहादुर माझी ( अल्पसंख्यक) ले उम्मेदवारी दर्ता गराएका हुन् ।

गठबन्धनको तर्फबाट कांग्रेसकी दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा माओवादी केन्द्रका नरबहादुर बिष्ट(सुर्खेत) र नेकपा एकिकृत समाजबादीका उदय बोहोरा(सल्यान) ले उम्मेदवार दर्ता गराएका हुन् । गुरुङ महिलाबाट, बिष्ट अपांगताबाट र बोहोरा अन्यबाट उम्मेदवारी दिएका हुन् ।

कर्णालीमा एक महिला, अन्य एक र अपाङ्गता\अल्पसङ्ख्यक कोटामा गरी तीन सदस्यका लागि चुनाव हुन लागेको हो ।