एकीकृत समाजवादीले सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने


सुर्खेत । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मङ्गलवार आज बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीले प्रधानमन्त्री दाहाललाई सर्तसहित विश्वासको मत दिन लागेको पार्टीका उपमहासचिव एवम् पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले आफ्नो पार्टीले राखेका एजेण्डा पूरा नगरे कुनै पनि बेलामा समर्थन फिर्ता लिनेगरी विश्वासको मत दिने बताएका हुन् ।

उनले विश्वासको मत दिए पनि सरकारमा सहभागी भने नहुने बताए छन् ।