
सुर्खेत । सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएको छ । सत्ता गठबन्धनका प्रमुख तीन नेता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको हो । उनीहरुबीच संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको थियो ।
छलफलमा गतिरोध अन्त्य गर्न दलहरुसँगको संवादलाई तीव्रता दिने निर्णय भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
बुधबार (आज) बिहान बसेको बैठकमा उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

फरकबाटो ३१ श्रावण २०८०, बुधबार १२:००