
सुर्खेत । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सुर्खेतको जिल्ला अधिवेशन आइतबार हुने भएको छ ।
आज शुक्रबार गर्ने भनिएको जिल्ला अधिवेशन आइतबारसम्मका लागि सरेको हो ।
निर्वाचन क्षेत्र नं १ मा पर्ने गुर्भाकोट नगरपालिकामा दलित सदस्य पदमा एक जना निर्वाचित गर्न छुटेकाले आज भनिएको अधिवेशन स्थगित भएको निर्वाचन समितिले जनाएको छ ।

फरकबाटो १० मंसिर २०७८, शुक्रबार १९:१३