श्रीमतीको शङ्कास्पद मृत्यु, श्रीमान् पक्राउ


रुकुम पश्चिम । रुकुम पश्चिममा एक महिलाको रहस्यमय मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका –९ झुलामा  शुक्रबार राति २६ वर्षीया कमला खनाल आफ्नै कोठामा रहस्मय मृत्यु भएको हो ।

परिवारका अरु सदस्यहरु भान्सामा रहेको र श्रीमान् श्रीमती एउटै कोठामा रहेको बेला श्रीमती झुण्डिएको अवस्थामा फेला परेकी हुन् । कमला आफ्नै बर्को (सल)ले झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

परिवारका अन्य सदस्यहरुले कमलाका श्रीमान् २५ वर्षका दीपक खनाललाई आशंका गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।